काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशन भएको छ । उक्त नामावलीमा त्रुटि भए सच्याउनका लागि निवेदन दिन आयोगले आह्वान गरेको हो । “मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी…