काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव गणेश साहले बताए । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए । माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी स् तराई(मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट…