काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा ९एमाले० का महासचिव प्रदीपकुमार…