थाइल्यान्ड । नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरिन् । थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान…