काठमाडौं । राप्रपा बाहेकका विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको…