काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ। पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको…