काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिअनुसार आज मतदाता नामावली प्रकाशन गरिनेछ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि हुने निर्वाचन का लागी निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।…