काठमाडौँ। नेपाली कांग्रेसले बजारमा खाना पकाउने ग्यास तथा अन्य अत्यावश्यक उपभोग्य वस्तुहरूको नियमित आपूर्ति गर्न वर्तमान सरकार पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले नेपाल आयल निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरीहरू तत्काल सुधार गर्न…